काभा भलिबलको उपाधि भारतलाई

फाइल फोटो।

काठमाडौँ – एनएससी काभा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनलमा काजकस्तानलाई पराजित गर्दै भारतले उपाधि उचालेको हो।

भारत ३–० को सोझो सेटमा विजयी भएको हो। भारतले कजाकस्तानलाई २५–१५, २५–२२ र २५–१८ ले हराएको हो।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकस्तान सहभागी थिए। प्रतियोगितामा नेपाल तेस्रो भयो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्