रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ जनाको कैद मिनाह

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ५०१ जना कैदीबन्दीलाई आममाफी तथा कैद मिनाह गरेका छन्। यसमध्ये १९ जनालाई आममाफी र बाँकीको कैद मिनाह भएको हो।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा उनीहरुको कैद सजाय मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले रेशम चौधरीसहित १९ जनालाई आममाफी र ४८२ जनाको कैद मिनाह गरेका हुन्।

मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिसअनुसार उनीहरुको कैद मिनाह गरिएको हो।

भोलि (जेठ १५) देखि लागू हुने गरी कैदीबन्दीको कैद मिनाह गरिएको हो।

यस्तो छ राष्ट्रपति कार्यालयले पठाएको विज्ञप्ति:

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्