यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

फाइल तस्बिर।

काठमाडौँ– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार बागमती प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

१३० बुँदे नीति तथा कार्यक्रममा शैलजा आचार्य महिला क्यान्सर परीक्षण अभियान सञ्चालन गरिने, एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने, सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमलाई विद्यालयमा विस्तार गरिनेलगायतका विषय समेटिएको छ।

यस्तै, सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षका रुपमा मनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी, खरको छानामुक्त बागमती प्रदेश, एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारालगायतका अभियान चलाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

पूर्णपाठः

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्