पहिचानवादी र सरकारको टार्गेटमा पारेः मन्त्री लिम्बू

मोरङ – कोसी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आन्दोलनरत पहिचानवादी पक्ष र सरकार पक्षको टार्गेटमा आफू परेको गुनासो गरेकी छन्।

आइतबार विराटनगरस्थित प्रदेश सभाको बजेट अधिवेशनमा मन्त्री लिम्बूले प्रदेशसभा भवन नजिक रहेको स्वास्थ्य मन्त्रालयलाई आन्दोेलनको रणभूमि बनाइएको बताइन्।

जारी आन्दोलनका क्रममा पहिचानपक्षधर र सरकार दुवै तर्फबाट टार्गेटमा परेको बताएकी उनले भनिन्, ‘पहिचान पक्षमा मुद्दा राखिरहँदा म आफैँ पहिचान पक्षधरको पहिलो नम्बर सूचीमा राखेर टार्गेट गरियो। सरकार पक्षमा समेत पहिचानसहितको संघीयताको कुरा राखिरहँदा सरकार पक्षबाट समेत टार्गेटमा राखियो। म कहाँबाट सुरक्षित रहने। म र मेरो परिवार कसरी सुरक्षित हुने। के म यहाँको नागरिक होेइन। यहाँको भूमिपुत्र होइन?’

शान्तिपूर्वक गरिने भनिएको आन्दोलनको विपक्षमा निषधेज्ञा गरिनु गलत भएको उनको भनाइ छ। मन्त्री लिम्बूले भनिन्, ‘आज आन्दोलनकै कारण प्रदेश सभा बैठकमा उपस्थित हुन हामी सबैैलाई गाह्रो भयो। जारी आन्दोलनलाई वार्तामार्पmत यथाशीघ्र निष्कर्षमा पुराउन प्रदेश सरकारले भूमिका खेल्नुपर्छ।’

शान्तिपूर्ण आन्दोलनलाई निषेधाज्ञा क्षेत्र बनाएर आन्दोलन बिथोलिएको बताएकी मन्त्री लिम्बूले भनिन्, ‘निषेधाज्ञा क्षेत्र तोकिनु हँुदैन थियो। तोकिसकेपछि प्रदेशसभा भवनको देवकोटा चौकसम्म मात्र सुरक्षाकर्मी किन राखियो। नजिकै रहेको प्रदेशको स्वास्थ्य मन्त्रालय, प्रदेशभरिको औैषधि राखिएको क्षेत्रमा सुुरक्षाकर्मी राख्न किन सकिएन। त्यहाँ आश्रुग्यास प्र्रशस्त फालिएको छ। आन्दोलनकर्मी त्यहाँसम्म आए, तर सुरक्षाकर्मी आउन सकेनन्।’

उनले भनिन्, ‘प्रदेश मन्त्रालयबाट कम्तीमा १ देखि २ सय मिटर वरपरसम्म सुरक्षाकर्मी र निषेधाज्ञा राख्न सक्नुपथ्र्यो। यसबारे मैले प्रमुख जिल्ला अधिकारी, प्रदेश सभा सचिवालयलाई जानकारी गराएँ। मुख्यमन्त्रीसँग फोन सम्पर्क हुन सकेन।’ आन्दोलन पक्ष र सुरक्षाकर्मीको रणभूमि स्वास्थ्य मन्त्रालय हुन पुगेको गुनासो गरेकी मन्त्री लिम्बूले मन्त्रालय परिसरमा आश्रुग्यास र ढुंगाको छरपस्ट रहेकोे बताइन्।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्