कोसी प्रदेश खारेजी आन्दोलनमा कम्तीमा ५० जना घाइते

मोरङ – कोसी प्रदेश नाम खारेजीको प्रदर्शनका क्रममा विराटनगरमा कम्तीमा ५० जना घाइते भएका छन्।
आइतबार विराटनगरस्थित प्रदेशसभा भवन नजिक देवकोटा चौकमा पहिचानवादी पक्षधर र सुरक्षाकर्मीबीचको दोहोरो झडपका क्रममा ५० जना घाइते भएका हुन्।

प्रहरीका अनुसार हालसम्म सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका हुन्। प्रहरीका अनुसार झडपमा नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन्। प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितितर्र्फबाट किरात याक्थुङ चुम्लुुङका अध्यक्ष प्रेम येक्तेनले घाइतेहरुको विराटनगरस्थित नोेबेल अस्पताल, कोसी अस्पताल लगायतमा उपचार भइरहेको बताए।

 सांसदलाई प्रदेश सभा प्रवेशमा रोेक लगाउने कार्यक्रमअन्तर्गतको प्रयासले सरकार पक्षलाई राम्रो सन्देश दिएकोे बताए।
उनले भने, ‘हाम्रो आन्दोलन जारी छ। सरकार सुरक्षाकर्र्मी लगाएर जनताको आवाज दबाउन लाग्यो। यद्यपि, पहिचान पक्षधर अन्तिम समयसम्म संयमित रह्याँै।’

प्रदर्शनकारी अन्तिम समयसम्म संयमित अवस्थामा रहेकोे बताएका अध्यक्ष येक्तेनले भने, ‘देवकोेटा चौक र अस्पताल चौकमा निषेधज्ञा राखेर सरकारले आफ्नो लाचारीपन देखाएकोे छ। हाम्र्रो मानसिकता भिडन्त भएको अवस्थामा निषेधाज्ञासहित प्रदेश सभाकोे गेटभित्रैे प्रवेश गथ्र्यौ तर हामीले त्योे चाहेको होेइन्। हामीले सरकारलाई सन्देश दिनु थियो आज दियौं, आन्दोलन यथावत् छ।’
प्रदर्शनकारीले कोसी नाम खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै बिहानबाट प्रदेशसभानजिकै प्रदर्शन गरेपछि झडपको अवस्था सिर्जना भएको हो। स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १६ राउण्ड हवाईफायर गरेको सुरक्षा स्रोतको भनाइ छ।

सुरक्षाकर्मीका तर्फबाट ६१ सेल अश्रुग्याससमेत प्रहार गरिएको थियो। पछिल्लो विवरणअनुसार नेपाली प्रहरीले ४४ र सशस्त्र प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको हो।

प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बियरका बोतल निरन्तर प्रहार गरियो। आन्दोलनकारीले गुलेलीले समेत प्रहार गरेको प्रहरीले जनाएको छ। हाल देवकोटा चोकलगायत प्रदेशसभा भवन वरपरको अवस्था सामान्य बनिसकेको प्रहरीले जनाएको छ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्