आर्थिक मन्दीलाई कारण देखाएर बजेट तलमाथि नगर्न पूर्वअर्थमन्त्री लोहनीको चेतावनी (भिडियो)

काठमाडौँ– पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारले पुँजीगत खर्च गर्न नसक्दा मुलुक संकटमा परेको बताएका छन्।

देश सञ्चारसँगको कुराकानीमा डा. लोहनीले आर्थिक वर्षको अन्त्यमा हतार–हतारमा बजेट सकाउने खेलले मुलुक झन् पछि झन् पछि धकेलिएको जिकिर गरेका हुन्।

दलहरुले चेत्ने गरी मुलुकमा संकट नआउँदासम्म यो परिपाटी रहिरहने उनको भनाइ छ।

अहिले आर्थिक संकट रहेकाले सरकारले काम गरेर देखाउने मौका पनि रहेको उनको सुझाव छ।

आर्थिक मन्दीलाई कारण देखाएर कार्यान्वयनमुखी बजेट नल्याउने छुट सरकारसँग नरहेको उनले चेतावनी दिएका छन्।

सरकार र प्रमुख तीन राजनीतिक दललाई नवसामन्तवादको संज्ञा दिँदै उनीहरु उनीहरुले नचाहेसम्म नागरिक र जनजीविकाको पक्षमा बजेट आउन नसक्ने उनले बताए।

बजेट कार्यान्वयनमा भ्रष्टाचारमा हुँदा उपलब्धि शून्य हुँदै आएकोमा यो परिपाटी रोक्नुपर्नेमा उनको जोड छ।

सरकारले सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। आर्थिक संकटको यो अवस्थामा ल्याइनुपर्ने बजेट, दिइनुपर्ने प्राथमिकता, पुँजीगत खर्च हुन नसक्नुका कारण लगायत बिषयबस्तुमा केन्द्रित भएर देशसञ्चारको लागि पूर्व अर्थमन्त्री डा. लोहनीसँग ईश्वरी बरालले गरेको भिडियो संवाद।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्