खेलकुद प्रतियोगिता गराउन माग गर्दै सामाजिक विकास मन्त्रालयमा धर्ना

मोेरङ – प्रदेश खेलकुद विकास बोर्र्डको बैंकिङ खाता सुचारु गर्दैै खेलकुद प्रतियोगिता गराउन खेलकुदकर्मीले विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा धर्र्ना दिएका छन्।

झापाबाट आएका नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाले सामाजिक विकास मन्त्रालयद्धारा खेलकुद गतिवीधि रोक्ने कार्य भएको गुनासो गरे।

प्रदेश खेलकुद बोर्डले पछिल्लोसमय सक्रियताका साथ खेलकुद गतिविधि गर्दै गर्दा मन्त्रालयले खाता रोक्का गर्नुु आफँैमा विडम्बना भएकोे उपाध्यक्ष सिटौैलको भनाइ छ।

बोर्डले खेलकुद गतिवीधिका लागि विनियोजन गरेकोे बजेट मन्त्रालयका कारण कार्यान्वयनमा ल्याउन नसक्नु दुःखद भएकोे उनले बताए।

बोर्ड र मन्त्रालयको आपसी मतान्तरका कारण खेलकुद क्षेत्र थप कष्टकर अवस्थाबाट गुज्रिरहेको उपाध्यक्ष सिटौलाले जानकारी दिए।
त्यसैगरी, सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष विक्रम थापाले खेलकुदमा विनियोजित बजेट फुकुवा गरि प्रतियोगिता सञ्चालनको बाटो खुुलाउन माग गरे।


बजेट नहँुदा इटहरीमा मन्त्रालय र बोर्डले राखेको मुख्यमन्त्री कप राष्टिय महिला भलिबल कपको तयारीबीचमै छाड्नुपरेको गुनासो अध्यक्ष थापाले गरे। उनका अनुसार प्रतियोगिताका लागि कोर्ट बनाउनेदेखि खेलाडी बोलाउन सबै पत्राचार गरिसकिएकोे थियो।

यसक्रममा मन्त्रालय र बोर्डबीचको आपसी मतान्तरको शिकार बैशाख २१ देखि २४ सम्म हुने भनिएको प्रतियोगिता हुन पुगेकोे उनले बताए। निर्धारित प्रतियोेगिता जेठ भरीसक्नुपर्ने बताइएपनि बजेट निकासा नहुँदा सबै मर्कामा परेको उनीहरुको भनाई छ।
झापा, मोरङ, सुनसरीसँगै अन्य जिल्लाबाट खेलाडी तथा पदाधिकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डरीसमक्ष ध्यानाकर्षण गराउन पुगेका थिए। तर बजेट अधिवेशनका कारण मन्त्री राजभण्डारी मन्त्रालयमा अनुपस्थित थिए। त्यसपछि खेलाडी तथा खेल पदााधिकारीहरु मन्त्रालयका सचिव बासुदेव दाहालको कक्षमा पुगेका थिए।

 

सचिव दाहालसमेत कक्षमा नभेटिएपछि उनीहरू निमित्त सचिव फणिन्द्र खत्रीको कक्षमा पुगे। निमित्त सचिव खत्री समेत कक्षमा नभेटिएपछि खेलकर्मी रित्तो अवस्थाम फर्किएकाछन्। यसअघि, निमित्त सचिव खत्री सामू खेलकुद पदाकाधिरीले खाता खुला गरी खेलकुद चलायमान बनाउन दिन आग्र्रह गरिसकेका थिए।

हाल सामाजिक विकास मन्त्रालयले बोर्डको बैैकिङ खाता रोक्का गर्दा कम्तीमा १० वटा कार्र्यक्रम अन्योलमा परेको छ।

 

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्