विश्वकप छनोटका लागि किन थप गरियो दुई खेलाडी ?

काठमाडौं-आगामी महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिएको छ। आइतबार घोषित टिममा नेपालले एसिसी प्रिमियरकपमा रहेका १४ सदस्यीय टिममा २ खेलाडी थप गरिएको छ। यसअघि नियमित रुपमा १४ सदस्यीय टिमको घोषणा गरिंदै आएपनि यो पटक क्यानले थप दुई खेलाडीलाई विश्वकप छनोट टोलीमा राखेको हो।

नेपालले भारत विश्वकपका लागि आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटमा रोहित पौडेलको कप्तानीमानै प्रतिस्पर्धा गर्ने छ। टोलीमा अर्जुन साउद र किशोर महतोलाई १६ सदस्यीय टिममा समावेश गरिएको छ। नेपालले विश्वकप छनोटको लागि टुर केही लामो भएकाले थप दुई खेलाडी लग्न लागेको क्यानल जनाएको छ। कार्यवाहक सचिव दुर्गाराज पाठकले छनोट टुर केही लामो हुने भएकाले इन्जुरी कन्सर्नलाई ध्यानमा दिएर दुई खेलाडी थप्दै टिमको घोषणा गरिएको बताए।

नेपालले एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्य टोली घोषणा गरेको थियो। बन्द प्रशिक्षणबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन्। नेपाल अन्तिम तयारीको लागि बुधबार दक्षिण अफ्रिका जाने कार्यतालिका रहेको छ। दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने कार्यतालिका रहँदा घरेलु टोली दक्षिण अफ्रिकाको टोलिसँगपनि समन्वयको प्रयास भइरहेको छ। नेपाली टोली १८ जेठमा जिम्बावे जानेछ। नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग अभ्यास खेल खेल्ने छ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ। समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन्। प्रतियोगिता असार ३ देखि २४ गते सम्म हुने कार्यतालिका रहेको छ। नेपालले पहिलो खेल ३ असारमा जिम्बावेसँग खेल्दा त्यसको एक दिनपछि असार ५ मा अमेरिका र ७ असारमा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने कार्यतालिका रहेको छ। शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन।

यस्तो छ घोषित नेपाली टोली

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्