प्रिमियर लिगको अन्तिम दिन: ७ वर्षअघिको च्याम्पियन लेस्टर रेलिगेशनमा पर्दा सिटीले हार्यो अन्तिम खेल

इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम दिनको खेलमा ७ वर्षअघिको च्याम्पियन लेस्टर सिटी ९ वर्षपछि रेलिगेशनमा परेको छ। ९ वर्ष प्रिमियर लिग यात्रा अन्तत गुमाउन लेस्टर बाध्य भयो। त्यस्तै उपाधि जितिसकेको म्यानचेस्टर सिटी अन्तिम खेलमा ब्रेन्टफोर्डसँग १-० परजित हुँदै लगातार सबै प्रतियोगितामा गरी २५ खेलको अपराजित यात्रा अन्त गर्न बाध्य भएको छ।

लेस्टर सिटीले अन्तिम खेलमा वेस्टह्यामलाई २-१ले हराएपनि एभर्टनले बोर्नेमाउथलाई १-० ले हराएसँगै एभर्टनसँग पछि रहन पुग्दा लेस्टर च्याम्पियनसिपमा झरेको हो। लेस्टरले ७ वर्षअघि २०१५-१६ को सिजनमा सनसनिपूर्ण प्रतिस्पर्धा गर्दै प्रिमियर लिगको उपाधि जितेको थियो। तर त्यसपछि भने उसले आफ्नो बलियो छवीलाई कायम राख्न नसक्दा ७ वर्षपछि प्रिमियर लिगबाट घटुवा भयो।

कुन-कुन टिम रेलिगेशनमा

इंग्लिस प्रिमियर लिगमा यो पटक साउथहेम्टनले यसअघिनै रेलिगेशनमा पुगेपनि अन्तिम दिनको खेलपछि थप दुई टिमको तय भएको हो। लेस्टर र लिड्स युनाइटेड च्याम्पियनसिपमा घटुवा भएका हुन्। लेस्टरको ३८ खेलबाट ३४ अङ्क बनाउँदा एभर्टेले अन्तिम खेलमा ३६ अङ्क बनाएर रेलिगेशन संकट टार्यो। त्यस्तै लिड्स युनाइटेड ३८ खेलबाट ३१ अङ्क बनाएर रेलिगेशनमा पर्न बाध्य भयो।

त्यस्तै लिगमा उपाधि नजिक पुगेर पराजित भएको आर्सनलले अन्तिम खेलमा वल्भेसलाई ५-० ले पराजित गर्यो। त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई २-१ ले पराजित गर्दा चेल्सी र न्युक्यासलले १-१ गोलको बराबरी खेलेका थिए। त्यस्तै क्रिश्टल प्यालेस र नोटिम फरेस्टले १-१ गोलको बराबरी खेल्दा टोटेनह्यामले लिड्लाई ४-१ ले हरायो। त्यस्तै म्यानयूले फुलह्यामलाई २-१ ले पराजित गर्दा लिभरपुलले भने साउथहेम्टनसँग नाटकीय रुपमा ४-४ गोलको बराबरी खेल्दै सिजनको अन्त गर्यो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्