खेमनाथ दाहालको उपन्यास ‘अहोरात्र’ बजारमा

काठमाडौँ- खेमनाथ दाहालको उपन्यास ‘अहोरात्र’ बजारमा आएको छ। स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो।

कृतिमा अमेरिकी बसाइका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ। यस उपन्यासमार्फत् लेखक दाहालले पूर्वीय धर्म-दर्शनभित्रको ज्ञानलाई प्रवाहित गरेका छन्।

स्रष्टा दाहालले अमेरिकामा रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत् उजागर गरेका छन्।

३७६ पृष्ठको यस उपन्यासको मूल्य ७०० रुपैयाँ राखिएको छ।

दाहालका यसअघि ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मी’ खण्डकाव्य, ‘श्रद्धाञ्ली’ कवितासंग्रह, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्र्रह, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिकर्नी’ नियात्रासंग्रह जस्ता कृति पाठकमाझ आएका छन्।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्