ललितपुरमा जुत्ता–चप्पल व्यापार मेला आयोजना गरिने

काठमाडौँ – ललितपुरमा जुत्ता–चप्पल व्यापार मेला आयोजना गरिने भएको छ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित उक्त मेला आयोजना गरिएको हो।
नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूह स्वदेशमा उत्पादित जुत्ता–चप्पल र स्वदेशी ब्राण्डलाई आमउपभोक्ताबीच परिचित गराउने, उपभोक्ताबीच पुर् याउने र आमउपभोक्तालाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताको रुचि जगाउने उद्देश्य रहेको मेला आयोजकले जनाएको छ।

मेला जेठ १७ गतेदेखि असार १७ गतेसम्म ललितपुर महानगरपालिकाअन्तर्गत जाउलाखेल खेल मैदानमा ‘प्रथम ललितपुर जुत्ता–चप्पल व्यापार मेला ०८०’ आयोजना हुन लागेको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए।

 

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्