खेलाडीहरू स्वरोजगार बन्न चाहे युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गरिने

फाइल

काठमाडाैँ – सरकारले आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवद्र्धन वर्षका रुपमा मनाउने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको बताए। उनले राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिने बताए।

उनले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तर क्रिकेट रंगशालाको रुपमा विकास गर्ने बताए। उनले मुलपानी क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्थापन गरेको बताए।

उनले निर्माणाधीन, धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको रंगशालाको प्रदेश कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरेको बताए। उनले १९ औं दक्षिण एशियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको पनि बताए।

उनले भने, ‘आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवद्र्धन वर्षका रुपमा मनाइने छ। खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको छु। राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिनेछ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तर क्रिकेट रंगशालाको रुपमा विकास गरिनेछ। यस रंगशालामा फ्लड लाइट राख्ने कार्य सम्पन्न गरिनेछ। मुलपानी क्रिकेट रंगशाला निर्माण सम्पन्न गरिनेछ। विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको छु। निर्माणाधीन, धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको रंगशालाको प्रदेश कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरेको छु। १९ औं दक्षिण एशियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको छु।’

सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताउनुभएको हो। उनले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढ्एको बताए। उनले स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य सरकारको रहेको बताए।

उनले गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो। त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा. महतले बताए। उनले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभुत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गरिएको बताए। उनले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताए। उनले औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको बताए। उनले स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने बताए। उनले बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभुत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताए। उनले सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान” का लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताए।

उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा बिस्तार गरी पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने बताए। उनले सरुवा रोग अस्पताल निर्माण एवं बिस्तारका लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए। सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ। अर्थमन्त्री महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने बताए।

उनले वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गर्ने बताए।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्