मंगलबारदेखि पोखरामा पाटा शिखर सम्मेलन गरिने

पोखरा – पोखरामा मंगलबारदेखि पाटा शिखर सम्मेलन हुँदै छ। एसिया प्रशान्त क्षेत्रका ट्राभल संघसंस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएन’ पाटाले आयोजना गरेको वार्षिक शिखर सम्मेलन र एडभेन्चर ट्राभल मार्टको तयराी पूरा भएको छ।

जेठ १९ गतेसम्म सम्मेलन चल्नेछ। नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनले कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न सहयोग गर्ने पाटाका सचिव सुमन पाण्डेले बताए।

शिखर सम्मेलनमा २२ मुलुकका १६० जना पाहुन सहभागी हुनेछन्। क्रेता र बिक्रेतासहित करिब २ सय ५० जना सहभागी हुने पाण्डेले जानकारी दिए।

पाटाको बोर्ड बैठक, वार्षिक सम्मेलन र कोरोनापछिको पर्यटन प्रबद्र्धनका आयाम बारेमा अन्तरक्रिया हुनेछ। बिजनेस टु बिजनेस कार्यक्रम हुने सचिव पाण्डेले उल्लेख गरे।

अन्तर्राष्ट्रिय ट्राभल उद्योगमा ख्यातिप्राप्त वक्ताले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाइ सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनका सवालमा विचार गोष्ठि हुनेछ।

‘पोखराको प्रबद्र्धन गर्ने कार्यक्रम ल्याएका छौं। विमान दुर्घटनापछि जे जति पोखराको इमेज डेन्जर डेस्निेसन भनिएको थियो। यो ठाउँ सुरक्षित छ भन्ने म्यासेज विश्वलाई दिनेछौं’, पाटा महासचिव पाण्डेले भने।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्