आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

फाइल

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ।
सोमवार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले बजेट घोषणा गरेका हुन्। सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको बताएको छ।

यद्यपि, सरकारले चालु वर्ष २०७९/८० को भन्दा कम बजेट ल्याएको छ। चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्