विकास बजेट ४ प्रतिशतले घट्यो

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा विकास बजेट ४ प्रतिशतले घटाएको छ।

सोमबार अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमा चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा आगामी आर्थिक वर्ष २०८०/८१ मा ४ प्रतिशतले कम गरेको हो।

यस वर्ष पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड हुँदा २१.२ प्रतिशत रहेको थियो आगामी आर्थिक वर्षमा ३ खर्ब २ अर्ब ७ करोड मात्रै विनियोजन गरेको छ जुन बजेटको समग्र आकारको १७.२५ प्रतिशत हुन आउँछ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार पनि घटाएको छ। चालु वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड पुँजीगत बजेट रहेकोमा आगामी वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड विनियोजन गरेको हो।

सरकारले आगामी वर्ष चालु खर्च ६५.२० प्रतिशत पुर्‍याएको छ। चालु वर्षमा चालु खर्च ४२ प्रतिशत मात्रै रहेको चालु खर्च अगामी वर्षमा उल्लेख्य वृद्धि गरेको हो।

आगामी वर्ष वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरेको छ। जुन १७.२५ प्रतिशत हो। चालु वर्षमा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड १२.८ प्रतिशत बजेट विनियोजन गरिएको थियो।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्