हुम्लाबाट बहिर्गमन हुँदै मातृशिशु स्वास्थ्य परियोजना (स्वान नेपाल)

सिमकोट – मातृशिशु स्वास्थ्य परियोजना (स्वान नेपाल) हुम्ला जिल्लाबाट बहिर्गमन हुने भएको छ। सन् २०१८ मा हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा लागू भएको स्वान नेपाल आफ्नो कार्यक्रमको अवधि पूरा भएपछि जिल्लाबाट बहिर्गमन हुन लागेको हो।

जिल्लाका दुुई वटा नाम्खा र सर्केगार्ड गाउँपालिकामा उक्त परियोजना लागू भएको थियो। चार वर्षे अवधिमा कार्यक्षेत्रमा गरिएका गतिविधिबारे जानकारी गराउन, कार्यक्रमको समीक्षा र सुनुुवाइ गर्न बिहीबार आयोजना गरिएको कार्यक्रम परियोजनाका जिल्ला संयोजक सुुशिला शाहले अब कार्यक्रम बहिर्गमन हुन लागेको जानकारी दिइन्।

यो कार्यक्रम नाम्खा गाउँपालिकामा सन् २०१८ देखि हालसम्म लागू भएको थियो भने सर्केगार्ड गाउँपालिकामा सन् २०२० देखि हालसम्म लागू भएको थियो।

कार्यक्रमले दुुई वटा गाउँपालिकाका सात जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग गरिरहेको छ भने महिला नेतृत्व विकास कार्यक्रम, विद्यालय समुदायमा पानी र सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो।

जर्मनीको स्वानबाट आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन भएको हो। नाम्खा गाउँपालिकाका ६ वटा र सर्केगार्डका ६ वटा गरी १२ वटा स्वास्थ्य संस्थामा गर्भ जाँचदेखि संस्थागत सुत्केरी गराउन सहयोग, प्रसूतिगृृह तथा स्वास्थ्य संस्थामा सामग्री सहयोग, नर्सिङ स्टापलाई प्रसूतिसम्बन्धी तालिम, बेबी वार्मर सहयोग, सोलार सहयोग, एक सय १५ जना सुत्केरीलाई कोशेली उपहार, स्वास्थ्यकर्मीलाई प्रसूतिसम्बन्धी प्रशिक्षक प्रशिक्षण, ५४९ जनालाई स्वास्थ्य शिविर, पाँच सय जनाको रगत परीक्षण कार्यक्रम सञ्चालन अवधिमा गरिएको थियो।

त्यसैगरी, स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको थियो। यी कार्यक्रम सञ्चालन गर्न कार्यक्रम अवधिका लागि दुुई करोड चार लाख ६७ हजार ७९८ बजेटमा दुुई करोड एक लाख १३ हजार ६९८ बजेट खर्च भएको जानकारी गरिएको थियो।

चार वर्षे अवधिमा गरिएको गतिविधिको प्रस्तुति संयोजक शाहले गरेकी थिइन्। कोरोनाका बेलासमेत परियोजनाबाट सामग्री र औषधिसमेत सहयोग गरिएको थियो।
कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुुर लामाले स्वान नेपालले दुुर्गमका स्वास्थ्य संस्थामा राम्रो काम गरेको बताउँदै गाउँपालिकाको तर्फबाट धन्यवाद दिए।

संस्थागत सुत्केरी नहुुने नामखा गाउँपालिकामा त्यसको सुरुवातका लागि सहजीकरणसमेत स्वानले गरेको बताउँदै अध्यक्ष लामाले प्रभावकारी स्वास्थ्य सेवा दिने परियोजना बहिर्गमन हुुनु दुुःखद पक्ष भएको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले गाउँ–गाउँका स्वास्थ्य संस्थाको प्रवद्र्धन र स्वास्थ्यकर्मीलाई क्षमता विकासको तालिम दिएर दक्ष बनाउने कार्यक्रम आफैँमा उदाहरणीय भएको बताए।

परियोजना सुरु गरेका कार्यक्रमलाई गाउँपालिकाले अनुसरण गर्नुपर्ने उनले बताए। कार्यक्रममा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीलगायतले कार्यक्रमबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई, दुुई गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका सहभागी थिए।

कार्यक्रममा स्वान नेपाल हुम्लाकी संयोजक शाहलाई नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले प्रसंसा पत्र प्रदान गर्दै खादा ओढाएर सम्मान गरेका थिए।

जेठ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्