रलिङ मेलामा स्वास्थ्य क्याम्प सञ्चालन गर्दै सिमकोट गाउँपालिका

सिमकोट – आइतबारबाट सञ्चालन हुने रलिङ मेलामा सिमकोट गाउँपालिकाले स्वास्थ्य क्याम्प सञ्चालन गर्ने भएको छ। मेलामा धेरै भक्तजन जाने भएकाले स्वास्थ्यमा समस्या परे उपचारका लागि सो क्याम्प सञ्चालन गर्न लागिएको हो।

गाउँपालिका स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी मनमाया ओली शाहीले मेलामा दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै हुम्ला जिल्लाकै चर्चित रलिङ मेलामा स्वास्थ्य क्याम्प सञ्चालन गर्न लागिएको बताइन्।

क्याम्प जेठ २१ र २२ गते रलिङ र तोग्रामा सञ्चालन हुनेछ। क्याम्पमा प्राथमिक उपचारका सबै सेवा उपलब्ध हुनेछन्। उनले क्याम्प सञ्चालन हुने भएको कारण मेलामा सहभागी हुने जो–कोहीलाई स्वास्थ्यमा सहस्या परे क्याम्पमा उपस्थित हुन अनुरोध गरिन्।

यसका लागि शाखाले तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी खटाएको छ। करिब चार हजार मिटर उचाइमा मेला लाग्ने भएकाले दर्शनार्थीलाई लेक लाग्ने समस्या हुने गर्छ। मेला हेर्न जानेहरू एक रात उतै बिताउनेछन्। मेलाका लागि विशेष गरी जेठ २१ गते बिहानबाट जाने गरे पनि यस वर्ष आजै त्यसतर्फ मानिसहरू जान सुुरु भएको छ।

जेठ २२ गते आ–आफ्ना स्थानतर्फ मेला हेर्न गएकाहरू फर्कनेछन्। मेलामा जिल्लाभरिका स्थानीयका साथै कर्मचारी पनि जाने गर्छन्।

जेठ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्