रेड्मी नोट १२ ५ जी: कनेक्टिभिटी र पर्फमेन्सको जोडदार संयोजन

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ५ जी नेपाली बजारमा सार्वजनिक गरेको छ।

यो रेड्मी नोट १२ ५ जी कनेक्टिभिटीको साथ आएको छ। प्रयोगकर्ताहरूले यस फोनको उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्नेछन्।

उच्च रिफ्रेस रेट डिस्प्लेसहित रेड्मी नोट १२ ५ जीले अतुलनीय तस्बिर गुणस्तर र सहजता प्रदान गर्दछ। चाहे वेब ब्राउज होस् वा सोसल मिडिया स्क्रोल वा मोबाइल गेमिङ, यसकोडिस्प्लेले प्रयोगकर्ताहरुलाई दैनिक आधारमा विश्वसनीयता प्रदान गर्दछ।

रेड्मी नोट जीको साथमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा डबल ट्याप गरेर मात्र महत्त्वपूर्ण सूचनाहरू र अन्य उपयोगी जानकारीहरूसँग अद्यावधिक रहन सक्छन्।

यसको सेटिङहरू अनुकूलन गरेर, प्रयोगकर्ताहरूले आफ्नो डिस्प्लेमा हेर्न चाहेको कुरा, समय, मिति, ब्याट्री क्षमता, वा आफ्नो मनपर्ने आदर्श वाक्य पनि छनोट गर्न सक्छन्।

रेड्मी नोट १२ ५ जीको उज्यालो र स्पष्ट डिस्प्लेले बाहिरी वातावरणमा पनि सामग्री र तस्बिरहरू स्पष्ट रूपमा प्रदान गर्दछ।

यसमा परिष्कृत मनोरञ्जन अनुभवको आनन्द लिन, प्रतिक्रिया दिन, सामाजिक सञ्जालमा सामग्री छिटो पोस्ट गर्न र साथीहरूसँग उच्च ग्राफिक मोबाइल गेमहरू खेल्न सकिन्छ।

साथै कनेक्टिभिटीको साथमा अब प्रयोगकर्ताहरूले गेमहरू र अपडेटहरू छिटो डाउनलोड गर्न सक्नेछन्।

यसमा फास्ट चार्जिङको साथ लामो समयसम्म चल्ने ब्याट्री रहेको छ। जसले तपाईंलाई चार्जिङ गर्ने झन्झटबाट मुक्त बनाउनेछ।

६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः रु.२९,९९९ र रु.३१,९९९ रहेको छ।

रेड्मी नोट १२ ५ जी नेपालभरका सबै अधिकृत मी स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा जेठ २८ देखि उपलब्ध हुनेछ।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्