राप्तीमा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास

नेपालगञ्ज – जिल्ला विपद व्यवस्थापन समिति, बाँकेको आयोजनामा राप्ती नदीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाली सेनाको बज्रदल, सशस्त्र प्रहरी बल ३० नम्बर हेडक्वाटर, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीको साझेदारी र डुडुवा गाउँपालिकाको समन्वयमा राप्ती नदीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो।

बाढी प्रभावित क्षेत्रमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि पूर्वसूचना प्रणाली, सुरक्षा संयन्त्र र सरोकारवाला निकायका बीचको समन्वयलाई चुस्तदुरुस्त राख्नका लागि यस्ता अभ्यास गर्ने गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, बज्रदल गण, राँझाका गणपति श्याम आत्रेय पौडेलले यस्ता अभ्यासले साधन स्रोतको परीक्षण, जनशक्तिको परिचालन र सरोकारवाला निकायका बीचमा समन्वय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

केही मान्छेलाई नदीमा पस्न लगाएर उनीहरुलाई सुरक्षा निकायले उद्धार गर्ने, रेडक्रसले प्राथमिक उपचार गरेर एम्बुलेन्समा अस्पताल पु¥याउने अभ्यास गरिएको थियो।

कार्यक्रममा बाँकेका एसपी सन्तोषसिंह राठौर, सशस्त्र प्रहरीका एसपी रमेश शाही, अनुसन्धानका एसपी मोहन कुँवर, रेडक्रसका अध्यक्ष गोवद्र्धनसिंह सम्झनालगायतको उपस्थिति थियो।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्