नागरिकता विधेयकको विषयमा संसद् अवरुद्ध गर्नु जायज होइनः माधव सापकोटा

फाइल फोटो।

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताएका छन्।

आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सापकोटाले यो भ्रमण विगतको भन्दा अलग भएको पनि उनको भनाइ छ। उनले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद् अवरोध गर्नु जायज नभएको बताए।

संसदमा सबै प्रक्रिया पूरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यसमा केही गलत नभएको उनले बताए।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्