कर्णाली प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

सिमकोट – कर्णाली प्रदेश सरकारको आगामी आर्थिकको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। आइतबार कर्णाली प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समृद्ध कर्णाली, सुखारी कर्णालीबासी दीर्घकालीन सोचअनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादन लक्षित रहेको प्रस्तुुत गरेका छन्।

नीति तथा कार्यक्रमले वार्षिक १० हजारलाई रोजगारी दिन विगतदेखि कार्यान्वयनमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ भने प्रदेशलाई आर्गानिक प्रदेशको रुपमा विकास गरिनेछ।

यस्तै, प्रदेशमा तीन तारे होटल खोल्न चाहेमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उल्लेख छ। सुर्खेत विमानस्थल स्तरोन्नति, प्रदेश अस्पताललाई शिक्षण अस्पता बनाइने, गरिबी निवारणका लागि विपन्न नागरिकको स्वास्थ्य बिमाको कार्यक्रम अगाडि सारिएको छ।

रारालगायत पर्यटकीय क्षेत्रलाई जोड्ने सडक पूर्वाधार निर्माण, कर्णाली, भेरी करिडोर र राप्ती लोकमार्ग निर्माणलाई तीव्रता दिने प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ।

जेठ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्