प्रतिनिधिसभा बैठक आज बस्दै

तस्बिरः बर्षा शाह।

काठमाडौँ- विपक्षी दलहरूको अवरोधपश्चात् आइतबार स्थगित भएको प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ।

बैठक आज बिहान ११ बजे संघीय संसद भवनमा बस्न लागेकाे हाे।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरूले आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका थिए।

अवरुद्ध भएसँगै बैठक एक घण्टाका लागि बैठक स्थगित भएको थियो। तर दलहरूबीच सहमति नजुटेपछि बैठक आज बस्नेगरी स्थगित भएको थियाे।

हिजाे एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाएका थिए।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताएका थिए।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको भन्दै विरोध जनाएका थिए।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्