नक्कली शरणार्थी प्रकरण: आज पनि थुनछेक बहस हुने

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सोमबार पनि थुनछेक बहस हुँदैछ।

काठमाडौँ जिल्ला अदालतमा आइतबारबाट सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुईजना वकिलले मात्रै बहस गरेका छन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि हिजोदेखि थुनछेक बहस सुरु भएकाे हाे। थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने-नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ।

थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहनेछ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौ‍ँ जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्