भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन

फाइल तस्बिर।

हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधन भएको छ।

सुलोचनाको आइतबार मुम्बईमा निधन भएको हो। उनी ९४ वर्षकी थिइन्।

सुलाेचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन्। समाचार एजेन्सी पिटिआईका अनुसार सुलोचना विगत केही दिनदेखि बिरामी थिइन्।

सुलाेचनालाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले आइतबार साँझ ६ बजे अन्तिम सास लिइन्।

सुलोचनाले मराठी फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन्।

उनले ‘कोरा कागज’, ‘मुकद्दर का सिकन्दर’, ‘हिम्मतवाला’, ‘अन्दर-बहार’, ‘दिल देके देखो’, ‘आदमी’, ‘जनी मेरा नाम’ जस्ता चलचित्रमा काम गरेकी थिइन्।

सुलोचनाको निधनमा बलिउडका कलाकारहरूले श्रद्धाञ्जली दिएका छन्।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्