रावा इनर्जीको आइपीओ भर्ने अन्तिम दिन आज, हालसम्म कतिले दिए आवेदन?

सांकेतिक तस्बिर ।

काठमाडौँ – रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ ।

कम्पनीले‍ जेठ १८ गतेदेखि जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।

यस्तै, जारी पूँजीको १० प्रतिशत अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँड पश्चात बाँकी रहेको १ लाख ९२ करोड ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर मध्ये १५ हजार ४७ कित्ता कर्मचारीहरुलाई र ३७ हजार ६१६ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

उक्त आइपीओमा साढे ८ लाख बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा ८ लाख ६९ हजार ६४५ आवेदनबाट ९५ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको ९५ लाख ८६ हजार ४०० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबलबी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व भुक्तानी सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको जनाउँदछ ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्