विश्व वातावरण दिवसको अवसरमा अन्तरसदनात्मक वक्तृत्वकला आयोजना

सिमकोट – विश्व वातावरण दिवस २०२३ को अवसरमा विद्यालयको अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। सो अवसरमा विपद व्यवस्थापनमा विद्यालयको भूमिका विषयक वक्तृत्वकला पनि आयोजना गरिएको थियो।

हिमज्योति मावि सर्केगार्डका चार वटा सदनका प्रतिसदन तीन जनाको दरले १२ जनाले सहभागिता जनाएको किर्डाक हुम्लाका कर्मचारी संरक्षण शाहीले जानकारी दिए।

अन्तरसदनात्मक प्रतियोगितामा आस्था शाही प्रथम, नविना शाही द्वितीय, अमिक शाही तृृतीय र मोती पाल सान्त्वना भएका थिए।

प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। दिवस सर्केगार्ड गाउँपालिकामा मनाइएको छ।

प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपभोग गराँै भन्ने राष्ट्रिय नाराका साथ सर्केगार्डमा सो दिवस मनाइएको छ। प्रतियोगिता स्पाको आर्थिक सहयोग, मिसनिष्टको प्राविधिक र सर्केगार्ड गाउँपालिका हिमज्योति माविको सहजीकरण र किर्डाक नेपाललको आयोजनामा सञ्चालन भएको हो। यसअघि वातावरण प्रदूषविरुद्ध प्ले कार्डसहितको र्‍यालीले सर्केगार्ड बजार परिक्रमा गरेको थियो।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्