चोरीको भैंसीसहित धनुषाबाट एकजना पक्राउ

जनकपुरधाम – धनुषा प्रहरीले चोरीको भैंसीसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका ७ तारापट्टी टोल बस्ने ३७ वर्षीय बली मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आइतबार राति मिथिला विहारी ६ पथरा टोलस्थित स्थानीय सुबलाल यादवको गोठबाट २ वटा भैंसी चोरी भएको थियो।

उनले इलाका प्रहरी कार्यालय धनुषाधाममा निवेदन दिएकोमा प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा सोमबार चोरी भएको २ वटा भैंसीसहित मुखियालाई जनकपुरधामतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

जेठ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्