फोटो फिचर

‘ए’ डिभिजन लिगः थ्रीस्टारसँगै बराबरी खेल्दै चर्च ब्वाइजले जित्यो खेलअगावै उपाधि (तस्बिरहरु)

काठमाडौँ – चर्च ब्वाइज क्लबले एक खेलअगावै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजले एक खेलअगावै उपाधि उचालेको हो।

मंगलबारको बराबरीपछि चर्च ब्वाइजको २५ खेलबाट ४५ अङ्क भएको छ। उसले दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अङ्कको अग्रता बनाएको छ।

अब मछिन्द्रले दुबै खेल जिते पनि र चर्च ब्वाइज अन्तिम खेल हारे पनि ‘हेड टु हेड’मा अघि रहँदै शीर्ष स्थानमा रहने छ।

चर्च ब्वाइज र थ्रीस्टारबीचको खेलका तस्बिरहरुः