विदेशी लगानी भित्र्याउन नेपालको कानुनी प्रक्रिया झन्झटिलो छः उपेन्द्र यादव

जसपाका अध्यक्ष उपेन्द्र यादव। फाइल फोटो।

काठमाडौँ –  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मंगलबार पार्टीनिकट बौद्धिक पेशकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताए।

उनले विदेशीहरु नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी व्यवधानहरुले समस्यामा पार्ने गरेको उल्लेख गरे। उनले न्यायालय निष्पक्ष हुन नसकेको पनि बताए।

उनले ७३ प्रतिशतभन्दा बढी बजेट तलब, भत्ता, ऋण तिर्न र यात्रामा खर्दैमा सकिने भन्दै यस हिसाबले कुनै पनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताए।

जेठ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्