चक्रपथको कलंकी महाराजञ्ज खण्डको अवलोकन

काठमाडौँ – भौतिक पूर्वाधार मन्त्रालयले चक्रपथको कलंकी महाराजञ्ज खण्डको अनुगमन गरेको छ।

मंगलबार मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशव कुमार शर्मा सहितको टोलीले निर्माणाधीन खण्डको अनुगमन गरेको हो।

चिनियाँ सहयोगमा विस्तार हुन गइरहेको चक्रपथको उक्त खण्डको अवलोकनमा चिनिया राजदूत चेन सङ पनि सहभागी थिए।

अनुगमनपछि भौतिक पूर्वाधार मन्त्री ज्वालाले यो सडक निर्माणका लागि चिनियाँ सरकारलाई धन्यवाद दिँदै छिटो निर्माण सक्न निर्माण व्यवसायीलाई आग्रह गरे।

राजदूत सङले चिनियाँ सरकार यो परियोजना समयमै सफल गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको बताए।

जेठ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्