झापा – नेपालका सहरहरू अहिले कंक्रिटका सहरमा परिणत हुँदैछन्। विकासका नाममा अलिअलि भएका रुख-बिरुवा पनि मास्न थालिएको छ।

झापाको बिर्तामोड पनि अहिले त्यस्तै सहरका रूपमा चिनिन थालेको छ । सवारीसाधन तथा मानिसहरूको भीडभाडको अस्तव्यस्तताका माझ केही मानिस वातावरण जोगाउनुपर्छ भनेर कम्मर कसेर लागेका छन्।

झापा बिर्तामोडका जयनारायण ढुंगाना त्यस्तो एक जना व्यक्ति हुन्, जसले वातावरण जोगाउनु पर्छ भनेर अभियान नै चलाएका छन्। उनी  ‘म यस्तो गर्छु’ भनेर हिँड्दैनन्। तर काम गरेर देखाउँछन्।

झापाका धेरै सामुदायिक विद्यालयमा उनले रुख रोपेका छन्। कतिपयलाई रुख रोप्नका लागि पैसा पनि दिएका छन्। शिक्षा क्षेत्रमा आफ्नो जीवन नै सुम्पेका ढुंगानाले अहिले बिर्तामोड नगरपालिका क्षेत्रमै आफ्नै स्वामित्वमा रहेको करिब ८ बिघा जमिनमा रुख रोपेका छन्।

वर्षमा एक पटक उनी लिची महोत्सव आयोजना गर्छन्। उनले धेरै फलफूलका रुख रोपेका छन्। त्यही ठाउँमा उनले पार्क बनाएका छन्। जहाँ बालबच्चादेखि वयस्कहरूसम्म रमाउने गरेका छन्।

लगानीका बारेमा सोध्दा उनले भने,  ‘मेरो लगानी कति भएको भन्ने कहीँ कतै भनेको छैन, भन्दिनँ।’  ढुंगानाले टावरसमेत निर्माण गरेका छन्।

तस्बिरहरूः