यामको ‘कार्साङ’मा दयाहाङ अनुबन्धित

काठमाडौँ- कलाकार दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन्। यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन्।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ।

फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका-६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए।

‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत् छनोट गरिनेछ’, शेर्पाले भने।

फिल्म सामाजिक कथामा बन्ने बताइएकाे छ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्