सिमकोट गाउँपालिकामा विद्यार्थी भर्ना दर शतप्रतिशत

सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकाको विद्यालयमा विद्यार्थी भर्ना दर शतप्रतिशत रहेको पाइएको छ। गाउँपालिकाले नयाँ शैक्षिक सत्रको भर्नाका लागि विद्यार्थी भर्ना कार्यक्रमलाई घरघरमा पुुगेर अभियानका रुपमा सञ्चालन गरेपछि सबै वडाको सम्पूर्ण विद्यार्थीले विद्यालयमा आफ्नो भर्ना गरेको पाइएको हो।

गाउँपालिका शिक्षा शाखाका नायव सुुब्बा कृष्णप्रसाद आचार्यका अनुसार यस शैक्षिक सत्रमा गाउँपालिकाको विद्यार्थी भर्ना दर शतप्रतिशत छ। जबकि गत वर्ष सिमकोट गाउँपालिकाको विद्यार्थी भर्ना दर ९४ प्रतिशत थियो।

कोही विद्यार्थी विद्यालयमा भर्नाबाट नछुुटुुन् भनेर विशेष घरदैलो अभियान सञ्चालन गरेका कारण यो उपलब्धि हासिल गर्न सफलता मिलेको हो।

गाउँपालिकाका सबै बालबालिकालाई विद्यालयमा भर्ना अभियान सञ्चालन गर्न शाखाले विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, जनप्रतिनिधि परिचालन गरेको थियो।

सिमकोट गाउँपालिकाका आठ वटा वडाका २९ वटा बस्तीमा गरी चार हजार १ सय ४५ जना विद्यार्थी रहेको र उनीहरू सबै विद्यालयमा भर्ना भएका छन्। विद्यालयमा भर्ना भएका विद्यार्थीको तहगत विवरणअनुसार बाल विकास केन्द्रमा ६ सय ४७ जना विद्यार्थी छन् भने प्राथमिक तह कक्षा एकदेखि पाँचमा एक हजार ६०२ जना, आधारभूत तह कक्षा ६ देखि आठमा ८ सय ३५, कक्षा नौ र १० मा ५ सय ९८ जना र कक्षा ११ र १२ मा ४६२ जना विद्यार्थी भर्ना भएका छन्।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले विद्यार्थी भर्नादर हालसम्मकै उत्कृष्ट रहेको र यसलाई आगामी दिनमा पनि जोगाइराख्न चुनौती हुन सक्ने भएकाले यसतर्फ सबै निकाय सचेत रहनुपर्ने बताए।

भर्नादरबाट निकै आभारी रहेको बताउँदै उनले अब कोही पनि विद्यार्थीलाई विद्यालय छोड्ने पक्षमा सचेत रहन विद्यालय परिवार र जनप्रतिनिधिलाई आग्रह गरे।

सिमकोट गाउँपालिका २६ वटा बालविकास, कक्षा एकदेखि १२ सम्म २१ वटा सामुदायिक र चार वटा संस्थागत विद्यालय छन्।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्