औषधि–खुद्रा सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। बिल विजकभन्दा बढी औषधि तथा खुद्रा सामान बोकेको मालवाहक ट्रक वीरगञ्जबाट काठमाडाैँतर्फ जाँदै गरेकोे सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–१६ रजतजयन्तीस्थित सडकखण्डबाट ना.७ ख ५८५२ नम्बरको मालवाहक ट्रक चेकजाँच गरेको थियो।

जाँच गर्ने क्रममा ट्रकमा विलबिजकभन्दा बढी मालवस्तु लोड रहेको तथा बिल बिजक शंकास्पद देखिएको प्रहरीले जनाएको छ। ट्रक र औषधि तथा सामानको मूल्यांकन दुई करोड ५५ लाख ३२ हजार ७ सय ४४ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्