लिभिङ टुगेदरमा बस्दै आएकी युवतीको ज्यान गुमेपछि प्रेमी पक्राउ

सांकेतिक तस्बिर ।

काठमाडौँ-  लिभिङ टुगेदरमा बस्दै आएकी एक युवतीको ज्यान गुमेपछि प्रहरीले हत्या आरोपमा उनकै प्रेमीलाई पक्राउ गरेको छ।

प्रेमीसँग सामान्य विषयमा मनमुटाव भएर भएको झगडाका क्रममा ती युवती जेनिशा गौतमको ज्यान गुमेको काठमाडौँ प्रहरीका सीताराम रिजालले जानकारी दिएका छन्।

उनीहरु काठमाडौं–२६, ठमेलमा बस्दै आएका थिए।

प्रहरीले हत्या आरोपमा उनका प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ। ठमेलमा एउटा रेस्टुरेन्टमा सँगै काम गर्ने उनीहरु केही समयदेखि लिभिङ टुगेदरमा रहेको प्रहरीले जानकारी दिएको छ।

जेठ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्