विश्व टेस्ट च्याम्पियनसिप: हेडको शतक र स्मिथको अर्धशतकमा अस्ट्रेलियाको सानदार सुरुवात

विश्व टेस्ट च्याम्पियनसिपको पहिलो दिन अस्ट्रेलियाले भारतविरुद्ध गतिलो सुरुवात गरेको छ। पहिलो दिनको समाप्तीमा अस्ट्रेलियाले ट्रेबिस हेडको सानदार शतकीय इनिङ र स्मिथको अर्धशतकमा अस्ट्रेलिया ३ विकेट गुमाएर ३ सय २७ रन बनाएको छ।

टस हारेर पहिले ब्याटिङ सुरु गरेको अस्ट्रेलियाका लागि हेड १ सय ४६ रनमा अविजित रहँदा स्टीव स्मिथ ९५ रनमा अविजित छन्। यी दुईबीच चौँथो विकेटका लागि २ सय ५१ रनको अविजित साझेदारी भइसकेको छ।

हेडले विश्व टेस्ट च्याम्पियनसिपको पहिलो तथा आफ्नो करिअरको पाँचौँ टेस्ट शतक प्रहार गर्दा स्मिथले ३८ औँ अर्धशतक पूरा गरे।

त्यस्तै, ओपनर डेभिड वार्नरले ४३ रन बनाउँदा मार्नुस लाबुसेनले २६ रन बनाएका थिए। ओपनर उस्मान ख्वाजा भने शुन्य रनमानै पेभिलियन फर्किए।

भारतका लागि मोहम्मद शामी मोहम्मद शीराज र सार्दुल ठाकुरले समान १-१ विकेट लिए।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्