पालिका अध्यक्षका छोराले गरे कर्मचारीमाथि हातपात, कर्मचारीद्वारा कामकाज ‘ठप्प’

गाउँपालिका अध्यक्ष पितबहादुर एमसी र उनका छोरा मिलन ।

प्युठान – जिल्लाको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसीले सोही गाउँपालिकाका कर्मचारीमाथि हातपात गरेपछि कर्मचारीहरूले कामकाज ठप्प पारेका छन्।

बुधबार भुक्तानीका लागि स्थानीय २ जना उपभोक्तासहित आएका अध्यक्ष महतराका छोरा मिलनले रोजगार शाखाका सहायक दिपक जीसीलगायतका व्यक्तिमाथि हातपात गरेपछि आफूहरूले नियमित/दैनिक कामकाज बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए।

उनका अनुसार रोजगार शाखा सहायकलगायत अन्य कर्मचारीमाथि हातपात भएको छ। कर्मचारीमाथि हातपात भएपछि कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आएको र कर्मचारीसँगै आएरका मिलनले आफूमाथि नै हातपातको प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए।

प्रक्रिया नपुगेको योजनालाई एमसीले जबर्जस्ती पास गराउन खाजेको र कर्मचारीले नमानेपछि हातपात गरेको कर्मचारीहरूले बताएका छन्।

हातपात गर्ने पालिका अध्यक्षका छोरा मिलन अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्षसमेत हुन्।

हेर्नुहोस् पालिकाले निकालेको विज्ञप्ति:

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्