एएफसी यु- २०: आज नेपाल र चीन भिड्दै

फाइल तस्बिर।

काठमाडौँ- एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले बिहीबार चीनसँग प्रतिस्पर्धा गर्दैछ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्न लागेको हो।

खेल आज दिउँसो २ः४५ बजे सुरु हुनेछ।

नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ।

पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो। चीनले भने चाइनिज ताइपेलाई १-० ले हराएको थियो।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्