‍जब चालक जीप स्टार्ट गरी जुत्ता लगाउन गए…

सांकेतिक तस्विर

सिमकोट- कालिकोट जिल्लाको रास्कोट नगरपालिका- २ सेरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कालिकोट बस पार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर शाही र उनीकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सोही ठाउँकी ३० वर्षीया रीता शाही गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार गाडी तीन सय मिटर तल खोलामा खसेको छ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक भइ खोलामा गएको हो।

घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ। उनलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ।

 

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्