घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सांकेतिक तस्बिर।

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ घटेको हो। आज छापावाल सुन एक लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाल सुन बुधबार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्