प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

काठमाडौँ- रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बागमती नदीमा बुधबार प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोपसम्बन्धी संयुक्त रूपमा उद्धार अभ्यास सम्पन्न भएको हो।

मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा अभ्यास सम्पन्न भएकाे थियाे।

अभ्यासमा नम्बर २ छिन्न्मस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, रेडक्रसलगायत विपद् व्यवस्थापनमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायले संयुक्त रूपमा जल उत्पन्न प्रकोप उद्धारसम्बन्धी डेमो प्रदर्शन गरेका थिए।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्