नर्भिक अस्पतालमा फ्री न्यूरो क्याम्प हुने

काठमाडौँ- वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ।

नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी(न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो।

नेपालीहरूमा पछिल्लो समय ब्रेन ट्युमरको समस्या बढ्दो छ। यसैलाई मध्यनजर गरी ‘वर्ल्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन्।

उनले सो क्रममा ब्रेन ट्युमरका केशहरूमा फोकस रहेर बिरामीहरूको चेकजाँच गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरूको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ।

यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्