उत्पादन सम्बन्धमा परिवर्तन भए पनि समाजलाई दिशा दिने विषयमा राजनीति असफलः शंकर पोखरेल

फाइल तस्बिर।

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले नयाँको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताएका छन्।

राजनीतिक दलले नीतिगत र वैचारिक रूपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामस्वरूप केही पपुलिस्ट राजनीतिको विकल्पका रूपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजीवादको पोषण पक्षधर रहेको बताए।

नयाँको नामबाट सुरु भएका राजनीतिक दल यथास्थितिवादलाई पोषण गर्नेबाहेक अन्य ठोस आधार र धरातल नभएको बताए।

महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिस्टहरू राजनीतिमा आउने गरे पनि समाज परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न र समाजका समस्या समाधान गर्न नसक्ने दाबी गरे।

समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्नेबित्तिकै राजनीतिलाई सही बाटोमा डोहो¥याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उनको ठम्याइ छ।

उनले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशा विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताए। उनले राजनीतिक दलले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुवीकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थिति उत्पन्न नहुने बताए। राजनीतिक दलले नीतिगत र वैचारिक रूपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामको रूपमा अहिले पपुलिस्टहरू राजनीतिको विकल्पको रूपमा आएको बताए। पपुलिस्टहरूले कहिले पनि समाजका समस्या समाधान गर्न नसक्ने उनको दाबी छ।

नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसाबबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए।
महासचिव पोखरेलले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्ने बताए।

उनले राजनीतिक क्रान्तिका समयमा सबै दल मिलेर अघि बढेजसरी नै समृद्धिका लागि, विकासका लागि राजनीतिक दल एक हुन जरुरी रहेको बताए। उनले साना पार्टीले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रूपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीति विहीनतातिर लैजाने गरेको आरोप लगाए। उनले यस्ता गतिविधि अन्त्य गर्न एक्लाएक्लै चुनाव लड्न जरुरी रहेको उल्लेख गरे।

राजनीतिलाई विकृत बनाउन साना दलले खेलिरहेको भूमिकाबाट राजनीतिलाई जोगाउन कांग्रेस नेतृत्व तयार नहुँदा अहिलेको राष्ट्रको समस्या समाधान गर्न नसक्ने संसद् निर्माण भएको उनको बुझाइ छ।

निर्वाचनलाई राजनीतिक परिवर्तनको रूपमा प्रयोग गर्न नसकिएकोप्रति उनले दुःखेसो गरे। उनले समाजको आवश्यकता समयमा बुझ्न नसक्दा अहिले पपुलिस्टहरूको राजनीति उदाएको नेता पोखरेलले टिप्पणी गरे। उत्पादन सम्बन्धमा परिवर्तन भए पनि समाजलाई दिशा दिने विषयमा राजनीति असफल भइरहेको उनको बुझाइ छ।

महासचिव पोखरेलले व्यापारिक पुँजीवादमा आश्रित बन्न पुगेको नपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सक्नुपर्ने बताए। उनले नपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सके मात्रै नेपालको राजनीतिक प्रणाली बलियो हुने आधार बन्ने बताए।
महासचिव पोखरेलले उत्पादक शक्तिको पाँच वटा पक्षमा विशेष जोड दिन आवश्यक रहेको उल्लेख गरे। उनले बदलिएको उत्पादनलाई सम्बन्ध, बजारको माग र जनशक्ति निर्माण गर्ने हिसाबका आधारमा शिक्षा व्यवस्थामा परिवर्तन गर्न नसकेसम्म राष्ट्र अगाडि बढ्न नसक्ने बताए।

मानिसलाई उत्पादनका काममा सबल र सक्षम बनाउने कुराको आधार भनेको शिक्षा व्यवस्था भए पनि नेपालको आवश्यकताका आधारमा जनशक्ति निर्माण गर्ने काम नेपालको शिक्षा व्यवस्थाले गर्न नसकेको बताए।

उनले समाजलाई विकसित बनाउन शिक्षा व्यवस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताए। प्राविधिक र व्यावसायिक शिक्षातर्फ समाजलाई डो¥याउन जरुरी रहेको उनको भनाइ छ।

स्वस्थ नागरिक निर्माण, स्वास्थ्य पूर्वाधारको उपलब्धता, नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभूति पाउनुपर्ने बताए। उनले शारीरिक र मानसिक रूपमा सबल नागरिक निर्माण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

 

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्