निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला आयोजना गर्ने

काठमाडौँ – नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ। नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेला आयोजना गरेको हो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरणः सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय भेला आयोजना गरिएको हो।

संगठनका अध्यक्ष लेखनाथ कोइरालाले भेलामा देशभरबाट करिब ५ सय प्रतिनिधिको उपस्थिति हुने बताए। भेलाको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने उनले जानकारी दिए। त्यस्तै भेलामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सदस्यसमेतको उपस्थिति हुने उनको भनाइ छ।

कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनीतिक नेतृत्वमा महिलाहरूको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावी लक्ष्यसहित विभिन्न पक्षमा छलफल तथा बहस हुने जनाइएको छ। भेलामा श्रीलंका, बंगलादेश, भारतलगायत देशबाट विदेशी पाहुना पनि आउने बताइएको छ।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्