कांग्रेस प्रतिनिधिसभा सचेतकमा सुशिला थिङ नियुक्त

काठमाडौँ–कांग्रेसले प्रतिनिधि सभा सदस्य सुशिला थिङलाई सचेतकमा मनोनयन गरेको छ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार उनलाई मनोनयन गरेका हुन्।

दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्यको सचेतक पदमा देउवाले मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए।

सिन्धुलीकी थिङले कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन्।

उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन्। उनी सभापति देउवानिकट मानिन्छन्। कांग्रेसको प्रमुख सचेतक रमेश लेखक छन्।

 

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्