विश्व टेस्ट च्याम्पियनसिप: पहिलो इनिङमा अस्ट्रेलियाको ४६९ रन, भारतको खराब सुरुवात

विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि अस्ट्रेलिया र भारतबिचको खेलमा अस्ट्रेलियाले पहिलो इनिङमा बलियो स्कोर तयार गरेको छ। दोस्रो दिन १०८ रन जोड्दा ७ विकेट गुमाउन पुगेपनि अस्ट्रेलियाले कुल ४६९ रनको स्कोर बनाउन सक्यो।

जवाफमा भारत खराब सुरुवातको सिकार भएको छ। भारतले ३० रन जोड्दा २ विकेट गुमाएको छ। उसका ओपनर द्वय कप्तान रोहित शर्मा १५ रनमा आउट हुँदा शुभमन गिल १३ रनमा आउट भए।

दोस्रो दिन अस्ट्रेलियाका स्टिव स्मिथले आफ्नो शतक पुरा गर्दा ट्रेविश हेडले पनि १५० रनको स्कोर पुरा गरे। ३ सय ६१ रनमा चौंथो विकेटका रुपमा हेडलाई गुमाएको अस्ट्रेलियाले ४०२ रनको अवस्थामा ७ औं विकेट गुमाएको थियो। तर आठौं विकेटका लागि पुन एलेक्स क्यारी र प्याट कमिन्सले ५१ रनको साझेदारी गरेका थिए। दोस्रो दिन १०८ रन जोड्दा अस्ट्रेलियाले बाँकी ७ विकेट गुमाएको थियो।

अस्ट्रेलियाका लागि स्टिव स्मिथले १२१ रन बनाउँदा ट्रेभिस हेडले १ सय ६३ रन बनाए। त्यस्तै डेभिड वार्नरले ४३ रन बनाउँदा मार्नुस लबुसेनले २६ रन बनाएका थिए। भारतका लागि मोहम्मद सिराजले ४ तथा मोहम्मद सामी र सार्दुल ठाकुरले २-२ विकेट लिएका थिए।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्