घुस लिएको अभियोगमा जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्नोलोजिस्ट भट्टराई पक्राउ

सांकेतिक तस्बिर।

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई शङ्खमूलबाट पक्राउ गरेको हो।

आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्