मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

जनकपुरधाम – मधेस सरकारले ०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा दुई चलेको छलफल पश्चात नीति तथा कार्यक्रम पारित भएको हो।

विभिन्न दलबाट ४ वटा संशाेधनकर्ताले संशाेधन दर्ता गराएकोमा छलफल पश्चात मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ दिएपछि संशाेधनकर्ताले प्रस्ताव फिर्ता लिएका थिए।

उनले संशाेधनमा उठेको कुरा बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएका हुन्। मुख्यमन्त्री यादवले नीति तथा कार्यक्रम निर्णयार्थका लागि प्रस्तुत गर्दा विपक्षमा कसैले हात नउठाएपछि सभामुख रामचन्द्र मण्डलले सर्वसम्मत पारित भएको सदनलाई जानकारी गराए।

नीति तथा कार्यक्रमको छलफलमा ३९ जनाले भाग लिएका थिए। यस्तै, राजकुमार लेखी, विमला अन्सारी, कञ्चन विक्षा र प्रमोद प्रसाद जैसवालले संसोधन प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्रीको आश्वासनपछि आ–आफ्नो संशाेधन प्रस्ताव फिर्ता लिएका हुन्।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्