खुलामञ्च र टुँडिखेलबीचको पैदलमार्गमा हिँड्न राति प्रतिबन्ध

फाइल फाेटाे।

काठमाडौँ-  काठमाडौं महानगरपालिकाले टुँडिखेल र खुलामञ्च बीचको वीर अस्पताल क्षेत्रलाई बागबजार क्षेत्रसँग जोड्ने बाटोमा राति हिँड्न प्रतिबन्ध लगाएको छ।

उक्त बाटोमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाएको महानगरले बताएको छ।

महानगरले टुँडिखेल क्षेत्रमा टाँसेको सूचनामा रातको समयमा उक्त बाटोमा अनैतिक क्रियाकलाप हुने, पैदल यात्रुहरु लुटिने घटना बढेको गुनासो आएपछि बन्द गरिएको उल्लेख छ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार ‘गैरकानुनी यौन व्यवसाय प्रेरित अनैतिक क्रियाकलाप गर्ने, पैदल हिंड्ने सर्वसाधारणलाई दुःख दिने, झोला, पर्स, कपडाहरु तानिदिने गुनासो आएपछि सुरक्षाका कारणले बाटो नै बन्द गर्नु परेको हो।’

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्