उपाध्यक्ष गोल्ड कप सोरु फुटबल क्लबलाई

सिमकोट – मुुगुु जिल्लाको सोरु गाउँपालिकाद्वारा आयोजित प्रथम उपाध्यक्ष गोल्ड कप प्रतियोगितामा सोरु फुटबल क्लव विजयी भएको छ। शुक्रबार भएको फाइनल खेलमा क्लव विजयी भएको हो।

सोरु फुटबल क्लबले गमगढी एक वान युवा क्लबलाई पराजित गर्दै कप जितेको हो।

प्रतियोगिताको गमगढी एक वान युवा क्लब द्वितीय भएको छ भने खत्याड टाइगर फुटबल क्वल तृतीय भएको छ। प्रतियोगिता समापन कार्यक्रममा विजेता टिमलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी द्वितीय र तृतीय हुने टिमलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सोरु गाउँपालिकाद्वारा आयोजित प्रथम उपाध्यक्ष गोल्डकप सफलतापूर्वक सम्पन्न भएको हो। उक्त गोल्डकपमा जिल्लारिका १७ वटा फुटबल टिम दर्ता भएका थिए।

जेठ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्